बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के गर्भवती छिन् ऐश्वर्या राय बच्चन ? नायिकाको प्रवक्ताले बताए वास्तविकता

सोमबार, ११ चैत २०७५, ०९ : १०
सोमबार, ११ चैत २०७५

हालै ऐश्वर्या राय बच्चनको गोवामा श्रीमान् अभिषेक बच्चनसँगको तस्बिर भाइरल भएको थियो । यो तस्बिर सार्वजनिक भएपछि उनी गर्भवती भएको अफवाह फैलिन थालेको थियो । यद्यपि, यो अफवाह पूर्ण रुपमा आधारहीन भएको नायिकाका प्रवक्ताले जानकारी दिएका छन् ।

बलिउड लाइफमा छापिएको एक रिपोर्ट अनुसार ऐश्वर्या रायबारे फैलिएको यो खबर पूर्ण रुपमा बकवास भएको  नायिकाका प्रवक्ताले बताएका छन् । उनले क्यामराको खराब एंगलका कारण यस्तो भएको स्पष्टिकरण दिएका छन् ।

स्मरण रहोस्, ऐश्वर्या र अभिषेकको भेट सन् २००० मा फिल्म ‘ढाई अक्षर प्रेम के’ सेटमा भएको थियो । त्यसपछि दुबैले सन् २००७ मा विवाह गर्ने निर्णय गरेका थिए । सन् २०११ मा आराध्याको जन्म भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप