शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उदय चोपडाले किन गरे आत्महत्या गर्नेबारे ट्वीट ? दिए यस्तो स्पष्टिकरण

सोमबार, ११ चैत २०७५, ०८ : ४५
सोमबार, ११ चैत २०७५

सन् २००० मा फिल्म मोहब्बतेंबाट बलिउड डेब्यू गर्ने नायक उदय चोपडा करिब ६ वर्षदेखि लाइमलाइटबाट टाढा छन् । गुमनाम जीवन बिताइरहेका उदय आइतबार एकाएक ट्रेन्ड हुनथाले । कारण थियो उनका दुई ट्वीट जसलाई उनले पछि डिलिट पनि गरे । यी ट्वीटको स्पष्टिकरण दिँदै उदयले अर्को एउटा नयाँ ट्वीट गरेका छन् ।

उदयले उक्त ट्वीटमा लेखेका छन्, ‘ मैले हालै केही ट्वीट गरेको थिएँ जसले धेरै मानिसहरुलाई तनावमा पार्यो । म एकदम ठिक छु । यो मात्र एउटा गहिरो ठट्टा थियो जसको गलत अर्थ निकालियो । यद्यपि, मेरो चिन्ता गर्ने सबैलाई धन्यवाद ।’

उदयले यसअघि आफू ठिक नभएको भन्दै आफूलाई मृत्यु नजिक आइरहेको आभाष भएकाले यो आत्महत्याका लागि सही समय भएको भन्दै दुईवटा ट्वीट गरेका थिए जुन पछि उनले डिलिट गरे ।

उदय चोपडाले भने, ‘मृत्यु मेरो नजिक छ, आत्महत्या गर्ने यो राम्रो विकल्प हो’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप