‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’
सोमबार, ११ चैत २०७५, ०८ : २२
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा टंक क्षेत्रीले लेखेका छन् ।
नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजित गरेको आमसभामा बोल्दै नेता पौडेलले भने त्यस्तो आरोप लगाएका हुन् । ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई मात्र पानी जहाज चाहिएको छ ।’
मधेसको उर्वर भूमिका लागि सिंचाईको व्यवस्था गर्न सुनकोशी डाईभर्सनलगायत कामलाई तिब्र गतिमा अगाडी बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानी जहाजमै रुमल्लिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए। यो समाचार टंक क्षेत्रीले नागरिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट