शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेकाे उजुरी

सोमबार, ११ चैत २०७५, ०७ : ४८
सोमबार, ११ चैत २०७५

रूकुम - पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएर हिँडेका थिए ।  

शर्माले विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइबाट बिदाका लागि स्वीकृतिसमेत लिएका छैनन् । एक वर्षदेखि विद्यालयमा उपस्थित नभएका शर्माले घरबाटै आर्थिक कारोबार चलाइरहेका छन् । विद्यालयको प्रधानाध्यापक शर्मा लामो समयदेखि सम्पर्क्विहीन भएपछि दैनिक प्रशासनका साथै पठनपाठन नै प्रभावित बनेको छ । 

सम्पर्कमा आउनै चाहँदैनन् शर्मा

विद्यालय व्यवस्थापन समितिले शर्माले किर्ते गरेर विद्यालयको खाताको रकम हिनामिना गरेको आरोप लगाएको छ । विद्यालयको खातामा आठ लाख रुपैयाँ रहेको, तर अहिले खातामा शून्य रहेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ । शर्माले किर्ते गरेर एक शिक्षिका कर्मजोग पुनको दुई लाख २१ हजार र विद्यालय सहयोगी नञ्जबहादुर कामीको ६० हजार रुपैयाँ निकालेको आरोप उनीहरूले लगाएका छन् । याे समाचार मनिष खड्काले नयाँ पत्रिकामा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप