शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनपरि शुल्क वृद्धि रोक्न माग

आइतबार, १० चैत २०७५, २३ : ०९
आइतबार, १० चैत २०७५

काठमाडौं–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यालय तहमा विदेशी पाठ्यक्रम लागु गर्ने कुरा यथावत नै रहनु र नीजि स्कूलहरुले भर्ना प्रक्रिया अगावै मनपरि शुल्क लिने लिने गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
क्रान्तिकारीले एक विज्ञप्तिमार्फत अवैज्ञानिक शुल्क रोकेर वैज्ञानिक शुल्क लागू गरी भर्ना प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ । 

यस्तै अहिले मेडिकल कलेजहरुमा भैरहेका गतिविधिहरुले संगठनलाई चकित बनाएको भन्दै यसले मेडिकल माफियाहरुको जालो भयानक भएको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ । 

 संगठनले शिक्षा र स्वास्थ्यमा भैरहेका माफियाकरण, दलालीकरण तथा भ्रष्टीकरणको अन्त्य गरि शिक्षा पूर्ण रुपमा राष्ट्रियकरण, निशुल्क एवं सर्वसुलभ बनाउन समेत माग गरेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप