मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट
आइतबार, १० चैत २०७५, २१ : ०८
काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
कपिलवस्तु घर भई हाल काठमाडौँमा बस्दै आएका अब्दुल सलामले अन्सारीले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइ आज दायर गरेको रिट निवेदनमा अन्सारीलाई सो आयोगको अध्यक्ष पदमा काम नगर्न नगराउन आदेशको माग गरेका छन् ।
संवैधानिक परिषद्को बैठकले गत फागुन ६ गते अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेको थियो ।
रिट निवदेनमा अन्सारीलाई सो आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको उल्लेख छ । अन्सारीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा