शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा अध्यक्ष प्रचण्ड बिहीबार स्वदेश फर्किने

आइतबार, १० चैत २०७५, २० : ४३
आइतबार, १० चैत २०७५

काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि हाल अमेरिकामा रहेका नेकपा अध्यक्ष प्रचण्ड बिहीबार (चैत १४ गते) स्वदेश फर्केने भएका छन् । प्रचण्ड बिहीबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो । 

पार्किन्सन नामक एक प्रकारको जटिल रोगले पीडित पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । 

दाहाल पत्नी सीताको अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’  अस्पतालमा उपचार भइरहेको छ ।  ।प्रचण्डको एक पारिवारिक सदस्यका अनुसार सीताको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले बिहीबार स्वदेश फर्किन लागिएको हो । 

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् । यसअघि उपचारमा लामो समय लागेमा छोरीज्वाईँलाई हेरचाहको जिम्मा लगाएर आफू भने फर्किने प्रचण्डले योजना बनाएको भएपनि स्वास्थ्यमा सुधार देखिएकाले सँगै फर्किने लागेका हुन् । 
अमेरिकामा रहँदा प्रचण्डविरुद्ध एक नेपालीले उजुरी गरेपनि अमेरिकाले छानबिन प्रक्रिया अघि नबढाइ उच्च सम्मान दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप