शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चैत १०, प्रदेश नम्बर ५ हेडलाइन : कहाँ, के–के भयो ?

आइतबार, १० चैत २०७५, २० : ०२
आइतबार, १० चैत २०७५

अहिलेका सबैै अस्थायी मुकामलाइ नै स्थायी बनाउनुपर्छ : पूर्वमन्त्री विश्वकर्मा

बुटवल– प्रदेशमा  राजधानी कहाँ तोक्ने विषयमा विभिन्न बहस र प्रदेश सभाले आ–आफनै ढंगले  काम गरिएको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता छविलाल विश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाई स्थायी गराउनुपर्ने माग राखेका छन् । उनले यस काममा अब ढिला गर्न नुहने पनि बताएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका विश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाइ स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् ।
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ । अब यसलाई चर्चा र बहसको बिषय बनाउन जरुरी छैन, संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ, राजधानी त बुटवल माइन्डसेट भइसक्यो ।’ उनले भने ।

प्रदेश पाँचमा अहिले प्रदेशसभाको समितिले यस विषयमा काम गरिरको छ । रुपन्देही क्षेत्र १ बाट निर्वाचित भएका विश्वकर्माले भने, ‘अब यहाँ पूर्वाधार पनि बनिसके, नाम पनि सर्वमान्य लुम्बिनी नै हो यसमा अब धेरै घुमाउरो कुरा गर्नुपरेन ।’
सरकार विकास र समृद्धिको दिशातर्फ हिँडिरहेको भन्दै उनले विप्लवलाई गैर राजनीतिक गतिविधि गर्न छुट नभएको बताए ।

सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदा स्याबास पाउनुपर्ने भन्दै उनले सरकारको निर्णय ठीक भएको बताए ।  नले सिके राउतलाइ मूल धारको राजनीतिमा ल्याएर अखण्ड मुलुक बनाउने प्रयास गरिएको दावी गरे । 

प्रदेश नम्बर ५ मा अख्तियारमा उजुरी बढे

बुटवल–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुका स्थानीय तहमा बेथीति भएको आधारमा  उजुरी गर्नेक्रम बृद्धि भएको छ । ती उजुरीको आधरमा अनुन्धान गर्ने र मुद्धा फच्र्यौट गर्ने काम चाहि कम भएको छ । 
उजुरी परेको तुलनामा निकै कम मुद्दाहरु मात्र फच्र्यौट हुने गरेको देखिएको छ । अख्तियारको बुटवल कार्यालयमा परेको १ हजार १ उजुरी परेकोमा ४ सय ९२ उजरीको मात्र फच्र्यौट भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो तथ्याँक भेटिएको हो । कार्यालयको तथ्याङ्गमा अख्तियारमा १ हजार १ उजुरी दर्ता भएका छन्  जस्मध्ये ४ सय ९२ फर्छर्याैट(४९ दशमलव १५ प्रतिशत) भएको बुटवल कार्यालयका प्रमुख तारानाथ अधिकारीले बताए ।

पाँच नम्बर प्रदेशसभा बैठकद्वारा दुई विधेयक पारित

बुटवल– पाँच नम्बर प्रदेश सभाको आज बसेको बैठकले दुईवटा विधेयक पास गरेको छ । प्रदेश ५ आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बीउ विजनसम्बन्धी ‍विधेयक सर्बसहमतिबाट पारित गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आकस्मिक कोषसम्बन्धी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बीउ बिजनसम्बन्धी विधेयक संसदमा पेश गरेका थिए ।

त्यस्तै सामाजिक विकास मन्त्री सुदर्शन बरालले पेश गरेको खेलकुद सम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइएको छ । आइतबारकै बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटनसम्बन्धी विधेयक पेश गरेका छन् भने अर्थ उद्योग समितिको औद्योगिक व्यवस्साय सम्बन्धी विधेयकको प्रतिवेदन समितिका सभापति दधिराम न्यौपानले संसदमा पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक चैत १८ गते बस्ने प्रदेश सभाको सुचनामा उल्लेख छ ।

वडा अध्यक्ष भारतीको निधन

बुटवल – कपिलवस्तुुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ

विभिन्न रोगबाट ग्रसित ७६ वर्षीया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो ।
भारती स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको आइतबार दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।

गुल्मी उद्योग वाणिज्य संघमा लोकतान्त्रिकको नेतृत्व

गुल्मी–नेपाल सरकारबाट वैधानिकता पाएको ३६ वर्षपछि गुल्मी उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यसायीहरु एकल नेतृत्वमा आएका छन् ।  शनिवारदेखि सुरु भएको निर्वाचनको अन्तिम नतिजा आइतबार बिहान घोषणा गरिएको छ

घोषित विवरण अनुसार कम्युनिष्ट निकट व्यवसायीहरुको साझा प्यानललाई पराजित गर्दै नेपाली काँग्रेस निकट लोकतान्त्रिक पूरै प्यानलले अध्याधिक मतले विजयी हासिल गरेको हो  । कुल ५ सय १८ मत खसेकोमा  ३८ म बदर भएको थियो । सदर मत मध्ये लोकतान्त्रिक प्यानलका अध्यक्षका उमेदरवार श्रीप्रसाद भलामीले  प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी ३०४ मत ल्याएर विजयी हासिल गरेका छन् । कम्युनिष्ट निकट साझा प्यानलका अध्यक्ष उमेदवार दुर्गाप्रसाद पाण्डेले १६७ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष इश्वरीप्रसाद पौड्यालले २७१  मत, मृगेन्द्रकुमार श्रेष्ठले २८५ मत र रामप्रसाद पन्थीले२५७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्धी  वीरेन्द्र भुसालले १५२ मत, दुर्गाचन्द्र बोहराले ९७  मत र रेमलाल पाण्डे उपाध्यले १२२ मत प्राप्त गरेका थिए  ।

त्यस्तै महासचिवमा पनि लोकतान्त्रिककै उमेदवार तारा भुसालले भारी मत ल्याएर विजय हासिल गरेका छन् । भुसालले २५९ मत प्राप्त गरि विजयी भएका हुन् भने उनका प्रतिध्वन्द्धी रामप्रसाद पन्थीले १५० मत ल्याएर पराजित भए ।  सचिव पदमा पनि लोकतान्त्रिक कै राजकुमार कक्षपतिले २४६ मत ल्याएर  विजय हासिल गरेका छन् ।

उनका प्रतिद्वन्द्वी फर्शुराम पाण्डेले १४६ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा पनि लोकतान्त्रिक कै ईश्वरीप्रसाद बेलवासेले २५२ मत ल्याएर विजय भएका छन्  । उनका प्रतिद्वन्द्वी रामु सुनारले १५१ मत  प्राप्त गरेका थिए । लोकतान्त्रिकका सदस्यहरु पनि भारी मत ल्याएर विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप