शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाईफका बिमा योजना अव सिद्धार्थ बैंकबाट खरिद गर्न सकिने

आइतबार, १० चैत २०७५, १९ : ०८
आइतबार, १० चैत २०७५

काठमाडौं– सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ । 

सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप