शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता प्रदीपले ४५ बालबालिका पढाउने

आइतबार, १० चैत २०७५, १९ : ०६
आइतबार, १० चैत २०७५

काठमाडौं – २२ बाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’का अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले नयाँ शैक्षिकसत्र देखि ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउने भएका छन् ।
उनीहरुले काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपाङ आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकाको बिद्यालय भर्नासहित तीन महिनाको शुल्क एकमुष्ट अपाङ्ग आवाज केन्द्रमा पुगेर प्रदान गरेका हुन् । 

‘मेरो दायित्व अभिनय मात्र होइन, समाजसेवा पनि हो’ अभिनेता प्रदीपले भने ‘प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विद्याथीको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेर ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क प्रदान गरेका हौ ।’

लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले विगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । 

करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यसअघि पनि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको शाहीले जानकारी गराए ।  लभ स्टेशन उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय फिल्ममा देख्न सकिनछ । 

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा  गरेका हुन् । शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप