मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईको पहिलो दिन रौतहटमा सयौं परिक्षार्थी अनुपस्थित

आइतबार, १० चैत २०७५, १९ : ०१
आइतबार, १० चैत २०७५

–संजय मिश्रा

रौतहट– एसईई परिक्षाको पहिलो दिन रौतहटमा सैयौं परिक्षार्थी अनुुपस्थित भएका छन् । आईतवारदेखि सुरु भएको एसईई पहिलो दिन अंग्रेजी विषयको परीक्षामा  दुुईसय ११ जना परिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।

२०७५ सालको एसइइ परीक्षामा रौतहट जिल्लाबाट सात हजार ६ सय ८२ जना छात्रछात्राहरु सहभागी रहेका छन् ।

जिल्लाको ३० वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको पहिलो विषयको परीक्षामा १०५ जना छात्रा र १०६ जना छात्र गरी २११ छात्रछात्राहरु अनुपस्थित रहेको जिल्ला प्रहरीले जनाएको छ । 

प्राविधिक तर्फको नियमितमा २ सय ४ जना, नियमिततर्फ ७ हजार १ सय ३५ र नयाँ पाठ्यक्रम ग्रेड वृद्धि एक्ज्याम्टेड तर्फ १ सय ५७ जना र पुराना ग्रेडवृद्धि तर्फ १ सय ८६ जना गरी ७६८२ छात्रछात्राहरु एसइइमा सहभागी रहेको रौतहट प्रहरी प्रमुख  एसपी भुपेन्द्र खत्रीले जनाकारी दिएका छन ।

 कटहरिया नगरपालिका स्थित जनता मावि परीक्षा केन्द्रमा अमर्यादित कार्य गराइरहेको अवस्थामा शिक्षक विनोद राय यादवलाई परीक्षा कन्द्रबाट निष्काशित गरिएको प्रहरीले जनाएको छ । रौतहटका सिडिओ किरणकुमार थापाले परीक्षालाइ मर्यादित बनाउन ६ वटा टोली बनाएर ३० वटै परीक्षा केन्द्रहरुमा अनुगमन गर्ने कार्य भइरहेको बताए ।
  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप