बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा एकै दिन २ जनाले गरे आत्महत्या

आइतबार, १० चैत २०७५, १८ : ५३
आइतबार, १० चैत २०७५

 बुटवल– पाल्पामा आईतवार एक जनाको करेण्ट लागेर ज्यान गएको छ भने एसईई परीक्षा दिने एक किशोरीसहित दुई जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाका अनुसार  रैनादेवि गाउँपालिका–७ छहराका १९ वर्षीय ईन्द्रबहादुर राना  स्थानीय भर्लेखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर उनको ज्यान गएको हो ।

त्यस्तै ने रामपुर नगरपालिका–१का ५९ वर्षीय मिनबहादुर क्षेत्री आफ्नो गोठमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आजै पाल्पामा एसईई परीक्षा दिने तयारीमा जुटेकी बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर ज्यान फालेकी छिन् ।

उनले आज त्यस गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिने तयारीका लागि बुटवलबाट  हिजो साँझ मात्रै घर आएकी थिइन् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप