शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोल र सुहानाको ‘परान’ भयो हिट

आइतबार, १० चैत २०७५, १८ : २०
आइतबार, १० चैत २०७५

काठमाडौं- युवास्टार अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’ को गीत ‘परान’ दर्शकको रोजाइमा पर्न सफल भएको छ ।  २४ घन्टामा १० लाख बढी दर्शक पाउँदै रेकर्ड बनाउन सफल यो गीत गत शुक्रबार रिलिज भएको थियो । लोक शैलीमा तयार गरिएको गीतले दुई दिन अर्थात ४८ घन्टामा १४ लाख बढी दर्शक पाउन सफल भएको छ । 

गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द छ । गीतमा आशिष अबिलरले गायिका अञ्जु पन्तसँग गायनमा सहकार्य गरेका छन् । प्रविण सिंहको कोरियोग्राफी गीतमा छ ।  २९ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्म वर्षकै बहुप्रतिक्षित फिल्म पनि हो । यसलाई अभिनेत्री समेत रहेकी झरना थापाले निर्देशन गरेकी हुन् । 

सांगितिक प्रेमकथामा बनेको यो फिल्म झरनाकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही फिल्मबाट सुनिल र झरनाकी छोरी सुहाना अभिनयमा डेब्यु गर्दैछिन् ।  सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोलले सुहानाको रोमान्स देख्न सकिन्छ । फिल्ममा अनमोल र सुहानाको अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप