शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेरी बास्सैबाट अलग्गिए बल्छी धुर्वे र राजु मास्टर

आइतबार, १० चैत २०७५, १८ : ०४
आइतबार, १० चैत २०७५

काठमाडौं – हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा अब राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को अभिनय देख्न नपाइने भएको छ । सिरियल निर्माण संस्था मिडिया हवसँग कुरा नमिलेपछि श्रेष्ठ र पौडेल ‘मेरी बास्सै’ बाट अलग्गिने निर्णय गरेका हुन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस पोष्ट गर्दै मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले आफूहरु ‘मेरी बास्सै’ बाट बाहिरिएको जानकारी दिएका छन् ।  ‘मिडिया हवसँग हाम्रो आफ्नो निजि युट्युवको विषयमा विवाद रहँदै आएको थियो’ श्रेष्ठले भने, ‘विवाद नमिलेपछि हामीले ‘मेरी बास्सै’बाट अलग्गिने निर्णय गरेका हौं  ।’

श्रेष्ठ र पौडेलले मिलेर मिडिया हवको बाहेकको अर्काे एक युट्यु समेत चलाएका छन् । जसमा उनीहरुले आफ्नो विभिन्न गतिविधि समेटिएको भिडियो सार्वजनिक गर्ने गर्दथे । मिडिया हवका सोम धितालले हाम्रो युट्युव बन्द गरेर आफ्नोमा मात्र भर पर्न भनेपछि आफुहरु अलग्गिएको श्रेष्ठको भनाई रहेको छ । 

‘एउटा स्कृप्ट राइटर भनेको खुल्ला आकासमा उड्ने चराजस्तै हो’ श्रेष्ठले स्टाटसमा अगाडि लेखेका छन्, ‘उ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ । तर हजुरहरूको मायाले बाँचेका हामी बल्छी र राजु मर्न चाहेनौं ।’

‘राजु मास्टर’ र ‘बल्छी धुर्वे’ ‘मेरी बास्सै’ का लोकप्रिय पात्र हुन् । केदार घिमिरे (माग्ने बुढा ) तथा सिताराम कट्टेल(धुर्मुस) ले छोडेपछि श्रृंखला राजु श्रेष्ठको कथा तथा निर्देशनमा बन्दै आएको थियो । यी दुवै अलग भएपनि श्रृंखलाको लोकप्रियताका केही हस आउन अनुमान गरिएको छ । 

श्रेष्ठले आफूहरू चाँडो पुरानै भेषमा नयाँ कार्यक्रमका साथ पर्दामा आउने समेत जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप