मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म प्रचार गर्न कलेज छिरे सलिनमान

आइतबार, १० चैत २०७५, १६ : २१
आइतबार, १० चैत २०७५

काठमाडौं– अचेल फिल्म प्रचारको लागि गतिलो प्लेटफर्म स्कुल कलेज समेत हुन थालेका छन् । सायद त्यसैले होला अधिकाँश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने गरेका छन् ।  यस्तैमा फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ युनिट पनि प्रचारको लागि हात्तिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेको छ । एलएकै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा फिल्म युनिट प्रचारको लागि पुगेको हो । 

कलेजमा अभिनेता सलिनमान बनिया, अभिनेत्री मलिका महत, सलोन बस्नेत,जान्हवी बस्नेत,प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल लगायत फिल्मका कलाकार पुगेका थिए । कलाकारले फिल्मको बारेमा जानकारी दिँदै फिल्म भित्र रहेको ‘चट्ट रुमाल’ बोलको गीतमा डान्स समेत गरेका थिए । 

सलिन कलेजमा प्रवेश भएसँगै उनीसँग सेल्फी खिच्न स्टुडेन्टको लाइन झैँ लागेको थियो । फिल्म तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विद्यार्थीले उनको फिल्मको बारेमा जानकारी लिँदै सफलताको शुभकामना समेत दिए ।

सलिनले नेपाली फिल्मलाई माया गर्न आग्रह गर्दै युवापुस्ताले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले फिल्म क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए ।  अभिनेता सलोनले गीत गाउँदै फिल्ममा रहेको आफ्नो केही डायलग समेत सुनाए ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य,राजाराम पौडेल,विशाल कटवाल,समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल,देशभक्त खनाल, कमल मैनाली,सौगात शर्मा लगायतको अभिनय रहेको छ । 

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली,मुक्ति तिम्सिना र रामशरण घिमिरे सह–निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप