बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौत जयललिताको भूमिकामा

आइतबार, १० चैत २०७५, १३ : ३८
आइतबार, १० चैत २०७५

बलिउडकी नायिका कंगना रनौत तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा मुख्य भूमिका निभाउने भएकी छिन् ।

आफ्नो जन्मदिनमा कंगनाले नायिकाबाट राजनीतिज्ञ बनेकी जयललिताको बायोपिकमा अभिनय गर्न लागेको पुष्टि गरेकी हुन् । यो फिल्मको तमिलमा नाम ‘थलाइवी’ र हिन्दीमा ‘जया’ हुनेछ । दुई भाषामा बन्न लागेको यो फिल्मको निर्देशन विजयले गर्नेछन् । विजयले यसअघि ‘मद्रासपट्टिनम’ र ‘देइवा थिरुमगाल’ जस्ता चर्चित फिल्म बनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप