शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आलियाले स्टेजबाट नै रणबीर कपूरलाई ‘आई लभ यु’ भनेपछि...

आइतबार, १० चैत २०७५, १२ : ४०
आइतबार, १० चैत २०७५

मुम्बई –  अवार्ड कार्यक्रममा अभिनेत्री आलिया भट्टले स्टेजबाट नै रणबीर कपूरलाई ‘आई लभ यु’ भनेकी छिन् । उनले स्टेजबाट नै रणबीरसँगको सम्बन्धलाई स्वीकार गर्दै उनको नाम बोलाएर ‘आई लभ यु’ भनेकी थिइन् । 

शनिबार राति भएको ६४औँ फिल्म फेयर अवार्डमा आलियाले फिल्म ‘राजी’ बाट अवार्ड प्राप्त गरेकी थिइन् भने रणबीरले फिल्म ‘सञ्जु’ बाट अवार्ड प्राप्त गरेका थिए । अवार्ड थाप्दै गर्दा भावुक बनेकी आलियाले स्टेजबाट वक्तव्य दिँदै गर्दा मायाका शब्दहरु प्रस्तुत गरेकी थिइन् ।

उनले भनिन्, ‘मेघना, मेरो लागि ‘राजी’ तिमी हौ । यसमा मेरो रगत र पसीना छ । विक्की (विक्की कौशल), तिमी विना यो फिल्म कहिल्यै सफल हुँदैनथियो । मेरो मार्गनिर्देशनको लािग करण(करण जौहर) र मेरो पापालाई धन्यवाद । आजको रात प्रेमको नाम, आई लभ यु ।’ 

उनले फिल्म ‘राजी’ को लागि सम्पूर्ण टिमलाई धन्यवाद दिएकी थिइन् । 

यसैबीच, मुख्य भूमिकाको लागि रणबीर कपूरलाई उत्कृष्ठ अभिनेता घोषित गरिएको थियो । उनले आलियालाई चुम्बन गरे । त्यसपछि उनले पूर्वप्रेमिका दीपिका पादुकोणलाई अंगालो हाले र अवार्ड लिन गए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप