बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उदय चोपडाले भने, ‘मृत्यु मेरो नजिक छ, आत्महत्या गर्ने यो राम्रो विकल्प हो’

आइतबार, १० चैत २०७५, ०९ : ३८
आइतबार, १० चैत २०७५

बलिउड सिने जगतका चर्चित फिल्म निर्देशक यश चोपडाका कान्छा छोरा उदय चोपडा निकै लामो समयदेखि ठूलो पर्दाबाट टाढै छन् । उनी अन्तिम पटक ‘धूम थ्री’मा देखिएका थिए । यो फिल्म सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि उनले कुनै पनि फिल्ममा काम गरेका छैनन् । फिल्म मोहब्बतेंबाट बलिउड डेब्यू गरेका उदयको फिल्मी करियर ठिक रहेन । लाइमलाइटबाट टाढा रहने उदयले सोसल मिडियामा आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराबारे खुलासा गरेका छन् । उनले आफ्नो मनमा आत्महत्या गर्ने विचार आइरहेको ट्वीटरमार्फत् जानकारी दिए । यद्यपि, उनले आफ्नो उक्त ट्वीट डिलिट गरे ।

उनले लेखे, ‘मैले केही घण्टाका लागि आफ्नो ट्वीटर अकाउन्ट डी एक्टिभेट गरेको थिएँ । मैले मृत्यु नजिक भएको महसुस गरेँ । यो अभूतपूर्व थियो । मलाई लाग्छ कि आत्महत्या गर्ने यो राम्रो विकल्प हो । म चाँडै नै स्थायी रुपमा यसो गर्न सक्छु ।’

उनले अर्को पोष्टमा लेखे, ‘म ठिक छैन । मैले कोसिस गरिरहेको छु तर असफल भइरहेको छु ।’

तर पछि उनले यी ट्वीट डिलिट गर्दै नास्तिकताको विषयमा अर्को एउटा ट्वीट गरे ।

उनले लेखे, ‘यो एक विचार होः तपाईं मेरो टाउकोमा बन्दुक राखेर मलाई भगवानमाथि विश्वास गर्न बाध्य बनाउन सक्नुहुन्छ । म हो पनि भन्न सक्छु किनभने म बाँच्न चाहन्छु । तर म केमा विश्वास गर्छु  र मेरो दिमागमा के चलिरहेको छ भनेर तपाईंलाई कसरी थाहा हुन्छ । यो भगवानलाई समेत थाहा हुँदैन । यसको सबैभन्दा ठूलो कारण यो हो कि यो काल्पनिक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप