शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली अस्पताल नै जाेखिम ! चिकित्सककाे लापरबाही बारम्बार

आइतबार, १० चैत २०७५, ०८ : २४
आइतबार, १० चैत २०७५

धनगढी-  घटना–१  गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो ।

घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा भर्ना गरे। छोरीको निजी अस्पतालमा र आमाको सेती अञ्चल अस्पतालमा उपचारक्रममा भदौ २० मा मृत्यु भयो ।

घटना–३  वैशाख २९ गते पुनर्वास नगरपालिका–४, कञ्चनपुरकी ३० वर्षीया शान्ति कठायतको पनि सेती अञ्चल अस्पतालमा शिशु जन्माएपछि मृत्यु भयो । चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आफन्तले नाराजुलुस गरे ।

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । अस्पतालमा गत सोमबार धनगढी–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो । पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो । तर, त्यो खुसी धेरै दिन टिकेन । रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो । शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएका छन् । याे समाचार दिलबहादुर छत्याल र पुष्पराज जाेशीले नागरिकमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप