शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एसईई परीक्षामा सहभागी बनेकी करिश्मालाई बाबुराम भट्टराईको फोन

आइतबार, १० चैत २०७५, ०८ : ०४
आइतबार, १० चैत २०७५

काठमाडौँ – एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए ।

आइतबार डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाटपरीक्षा केन्द्र करिश्माले देशैभरी एसईई परीक्षामा सहभागी भइरहेका विद्यार्थीहरुलाई शुभकामना दिएकी छिन् । उनले नडराईकन परीक्षा दिनसमेत सम्पूर्ण परिक्षार्थीलाई सल्लाह दिएकी छिन् । 

अभिनेत्री करिश्माका श्रीमान् विनोद श्रेष्ठले करिश्माले कसैको फोनको समेत उत्तर नदिई परीक्षाको तयारी गरेको बताए । उनले करिश्माले पूरै मेहेनतका साथ तयारी गरेको बताए । 

अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप