केन्द्रीय संस्करण

अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने

person explore access_timeचैत १०, २०७५ chat_bubble_outline0

काठमाडौँ – नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए । ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारी गरेका छौँ,’ ती अधिकारीले भने,‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ ।’ 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...