शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला साफ उपविजेतालाई एन्फाले एक लाख दिने

शनिबार, ०९ चैत २०७५, २१ : ०९
शनिबार, ०९ चैत २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँचौ महिला साफ च्याम्पियनसिपको उपबिजेता महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँबाट सम्मान गर्ने भएको छ । 

शनिबार विराटनगरमा भएको  एन्फाको वार्षिक साधारण सभाले खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ सरकारले पनि खेलाडीलाई एक लाख र विराटनगर महानगरपालिकाले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । 

एन्फा साधारण सभाले पुरस्कारको घोषणा गर्ने दुवै संस्थालाई धन्यवाद पनि दिएको छ । विराटनगरमै शुक्रबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको थियो ।

एन्फा साधारण सभाले २०७४÷७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन अर्नुका सार्थ आर्थिक बर्ष २०७५÷७६ लागि प्रस्तावित २३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट स्वीकृत पनि गरेको छ । 

साधारण सभाले खोटाङ, नवलपुर र मनाङ जिल्लामा फुटबल संघलाई अस्थायी सदस्यता पनि प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप