बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिन विशेषः कंगनाका नदेखिएका बालापनका तस्बिरहरु

शनिबार, ०९ चैत २०७५, १९ : ०५
शनिबार, ०९ चैत २०७५

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौत आज ३२ वर्ष पुगेकी छिन् । उनी सन् १९८७ मार्च २३ मा भारतको हिमाञ्चल प्रदेशमा जन्मिएकी थिइन् । 

सानैदेखि जिद्धि स्वभावकी कंगनाले जीवनमा थुप्रै संघर्ष गरेकी छिन् । लामो समयको संघर्षपछि बलिउड उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । कंगनाका मातापिता उनलाई डाक्टर बनाउन चाहान्थे तर कंगनाले १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न सकिनन् । त्यसपछि उनी घर छोडेर दिल्ली गइन् । 

त्यहाँबाट नै कंगनाको जीनवका संघर्षका दिनहरु सुरु भएका थिए । दिल्ली पुगेपछि कंगनाले एउटा मोडलिङ कम्पनीसँग सम्पर्क गरिन् । उनले ‘ग्याङस्टार’ बाट बलिउडमा पाइला राखेकी थिइन् त्यसपछि उनले थुप्रैवटा फिल्ममा सफलता प्राप्त गरिन् । 

उनले जीवनमा थुप्रै अवार्डहरु पनि प्राप्त गरेकी छिन् ।

उनको जन्मदिनको अवसरमा उनकी बहिनीले उनका बालापनका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप