बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रद्धा कपूरको विवाहलाई लिएर शक्ति कपूरले यसरी आक्रोश पोखे

शनिबार, ०९ चैत २०७५, १७ : ४८
शनिबार, ०९ चैत २०७५

मुम्बई – बलिउड अभिनेता शक्ति कपूरले आफ्नी छोरी अर्थात अभिनेत्री श्रद्धा कपूर र उनका प्रेमी रोहन श्रेष्ठको विवाह गर्ने कुनै पनि प्रकारको योजना नभएको बताएका छन् । 

उनले श्रद्धा र रोहनबीचको विवाहलाई लिएर सनसनीमात्र मच्चाइएको भन्दै उनको उक्त समाचारको खण्डन गरेका हुन् । 

मिडियाको रिपार्टका अनुसार शक्ति कपूरले एक भारतीय सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा उनले छोरीको विवाहको बारेमा भ्रम फैलाइएको बताएका थिए । 

उनले भने,‘यो समाचार एकदमै गलत हो । अझै ४÷५ वर्ष श्रद्धाको विवाह गर्ने कुनै पनि प्रकारको योजना छैन । उनीसँग गर्नको लागि अझै थुप्रै काम छ । उनी करियरमा केन्द्रित छिन् । उनी अघिल्लो २ वर्षसम्मको लागि बुक भइसकेकी छिन् । त्यसैले यो सबै हल्ला मात्रै हो ।’ 

उनले रोहन श्रेष्ठका पिता आफ्नो नजिकको साथी भएको भन्दै पारिवारिक सम्बन्ध भएतापनि विवाह गर्ने योजना नबनिसकेको प्रस्ट पारे । 

केहि दिन अगाडि अभिनेत्री श्रद्धा कपूर र नेपाली युवक रोहन श्रेष्ठबीच विवाहको समाचार आएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप