शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा थप्पड हान्ने प्रतियोगिता, विजयी ‘वेटलिफ्टर’ले प्रतिद्वन्द्वीलाई हानेको झापड भाइरल

शनिबार, ०९ चैत २०७५, १७ : १४
शनिबार, ०९ चैत २०७५

मस्को– क्रस्क्नोयस्क नामक एक रुसी सहरमा हालै देशमै पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना गरियो । 

यस खेलको लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो प्रतिद्धन्दीलाई झापड हान्ने नियम बनाइएको थियो ।  

थप्पड हान्ने क्रममा जसले विपक्षीलाई लडाउन सक्थ्यो, उ विजयी हुन्थ्यो । यो विवादास्पद कार्यक्रम रुसमा लोकप्रिय रहेको ‘साइबेरियन पावर शो’(साइबेरियन शक्ति प्रदर्शनी)को क्रममा आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मार्च १६ र १७ मा क्रस्क्नोयस्कमा आयोजना भएको थियो । 

यस्तौ खेल अघिल्लो वर्ष राजधानी मस्को पनि आयोजना गरिएको थियो । तर त्यसमा भने व्यवसायीक खेलाडिलाई रमाइलोको लागि कसले सबैभन्दा कसेर थप्पड हान्न सक्ने भन्दै खेलाइएको थियो ।

तर यस प्रतियोगितामा भने आयोजकले प्रदर्शनीमा आएका जो कोहीलाई आफूलाई बलियो प्रमाणित गर्न पाउने अवसर दिएका थिए । 

खेलमा सहभागी अधिकाशं प्रदशनी हेर्न आएका आम मानिसहरु नै थिए । यसमा विजेताको लागि छुट्याइएको ३० हजार रुवलले पनि काम गरेको थियो । 

एक ‘वेटलिफ्टर’ भए प्रतियोगिताका विजयी
प्रतियोगितामा भ्यासिली कमोटस्की विजयी भएका छन् । उनी ‘वेटलिफ्टर (भारी तौल बोक्ने खेलाडी)’ भएको बताइएको छ । उनले आफ्ना प्रतिद्वन्दीलाई हानेको थप्पडको भिडियो भाइरल भएको छ । हालसम्म भिडियो १८.९ लाख पटक हेरिसकिएको छ । 

भिडियोमा भ्यासीलीले पहिलो थप्पडमै आफ्ना प्रतिद्वन्दीलाई झण्डै लडाइदिएका थिए । झापड खाएर धरमराएका प्रतिद्वन्दी छेउका मानिसको सहाराले सम्हालिको देखिन्छ । पुनः खेलमा फर्किएका प्रतिद्न्दीले दोस्रो थप्पड खाएपछि भने हार स्वीकारेका छन् ।  

‘साइबेरियन पावर सो’मा ‘वल्र्ड स्ट्रोङम्यान कप’ र ‘साइबेरियन डान्स कन्टेस्ट’जस्ता लोकप्रिय प्रतियोगिताहरु पनि आयोजना भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप