शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

शनिबार, ०९ चैत २०७५, १७ : ०२
शनिबार, ०९ चैत २०७५

सिरहा– आइतबार संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख डोलराज पाण्डेले बताएका छन् ।

सिरहा जिल्लाका ७६ सामुदायि विद्यालय, ५६ संस्थागत विद्यालय र १ खुल्ला विद्यालय गरी कुल १३३ विद्यालयका ९ हजार ९ सय २ परीक्षार्थी परीक्षामा सहभागि हुनेछन् । त्यसका लागि ३८ परीक्षा केन्द्र तय गरिएका छन्।  

इकाईका अनुसार नियमित तर्फ ३६, प्राविधिक तर्फ १ र ग्रेडबृद्धि तर्फ १ गरी ३८ केन्द्र निर्धारण गरिएको छ भने परीक्षार्थी मध्ये नियमित तर्फ ९ हजार ६२, ग्रेडबृद्धि पुरानो पाठ्यक्रमका २ सय ७४ र नयाँ पाठ्यक्रमका ३ सय ४४ र प्राविधिक तर्फ २३४ परीक्षार्थी सहभागी हुँदैछन् । 

परीक्षा संचालन गर्न प्रत्येक केन्द्रमा १÷१ केन्द्राध्यक्ष गरी ३८ केन्द्राध्यक्ष ४७ सहायक केन्द्राध्यक्ष, ४७५ निरीक्षक, कार्यालय सहयोगी १७६ र यस पल्ट देखि परीक्षा सहयोगी ८३ गरी कुल ८१९ जना रहने छन् भने प्रत्येक केन्द्रमा शान्ति सुरक्षाका लागि १५ जनाका दरले सुरक्षाकर्मी रहने व्यवस्था गरिएको छ ।

साथै परीक्षा अनुगमनका लागि प्रत्येक केन्द्र रहेका स्थानीय निकायबाट स्थानीय तहका प्रशासकीय अधिकृत र शिक्षा विकास तर्फका प्रमुखले अनुगमन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।  परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामाग्री केन्द्रमा पठाउने कार्य सम्पन्न भइसकेको प्रमुख पाण्डेले बताए ।

परीक्षालाई शान्तिपूर्ण र मर्या्दित रुपमा सम्पन्न गराउन स्थानीय तहका प्रतिनिधि एवं जनप्रतिनिधिलगायय सबै क्षेत्रलाई आब्हान गर्नुको साथै परीक्षामा बाधा पुग्ने गरी अमर्या्दित कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप