प्रदेश ५ मा यस्तो छ एसईई परीक्षाको तयारी, कुन जिल्लाबाट कति विद्यार्थी सहभागि ?
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई भोलि आइतबारबाट देशभर हुँदैछ ।
चैत २१ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सम्पन्न गर्नका लागि प्रदेश पाँचमा झण्डै तीन करोड बजेटको ब्यवस्था गरिएको छ ।
प्रदेशका सबै १२ वटा जिल्लाका लागि २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैयाँ निकासा भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जनाएको छ । यो रकम जिल्ला जिल्लामा पठाइएको छ ।
यसमध्ये इकाइका लागि २७ लाख ९४ हजार ७ सय ९५ रुपैया र परिक्षा केन्द्रका लागि २ करोड ६७ लाख ७२ हजार ७ सय ३० रुपैया पठाइएको छ । यसरी पठाइएको बजेट खर्च गर्ने विभिन्न आधारहरु तय गरिएको छ ।
यस बजेटबाट केन्द्राध्यक्ष देखि केन्द्रमा खटिने जनशक्तिको पारिक्षमिक दिइने छ । त्यस्तै सुरक्षाकर्मीका लागि खाजा खर्च देखि उत्तरपुस्तीका ढुवानीसम्म विभिन्न शीर्षकमा खर्च गर्ने गरी तय गरिएको छ ।
प्रदेश ५ मा यस वर्ष ७८ हजार ६ सय ५७ विद्यार्थी एसईइ्र्र परीक्षामा सहभागि हुँदै छन् ।
कुन जिल्लाका कति विद्यार्थी ?
प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय र सबैभन्दा कम पूर्वी रुकुमबाट १हजार १ सय ७३ जना सहभागि हुँदैछन् । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जीतवहादुर शाहका अनुसार रुपन्देहीबाट १७ हजार २ सय ,दाङबाट ११ हजार २ सय ७६, बाकेबाट ८ हजार १ सय ७४, वर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागि हुँदैछन् ।
त्यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाचीबाट ३ हजार ५ सय ९४ , प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १हजार १ सय ७३ जना सहभागि हुँदै छन् ।
यी मध्ये प्राविधिक तर्फका २ हजार ३९ विद्यार्थी रहेका छन् । प्रदेश पाँचमा एसईई परीक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन गरिनेछ ।
मन्त्रालयका प्रवक्ता मित्रमणी खनालका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९,निरिक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिने भएको छ ।
परीक्षाको तयारी गर्ने क्रममा शिक्षा निर्देशनालयले साढे १४ लाख उत्तरपुस्तीकाहरु जिल्ला जिल्लामा पठाएको छ । जसमा मुल उत्तरपुस्तीका ८ लाख ४९ हजार रहेका छन । त्यस्तै थप उत्तरपुस्तीका ५ लाख ९४ हजार ३ सय गरी १४ लाख ४३हजार ३ सय उत्तरपुस्तीका १२ जिल्लामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा