शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा भएको दुर्घटनामा एकको मृत्यु

शनिबार, ०९ चैत २०७५, ११ : ४९
शनिबार, ०९ चैत २०७५

बुटवल–शनिवार विहान दाङ्गको तुल्सीपुर उप–महानगर–२ को नन्दगाउँस्थित जिपको  ठक्करबाट एक जना मोटरसाईकल चालकको ज्यान गएको छ । 
तुल्सीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकपअप जिपले विपरित दिशा तर्फबाट आउँदै गरेको बा ९७ प ५८६२ नम्वरको मोटरसाईललाई ठक्कर दिदा त्यसका चालक दंगीशरण गाउँपालिका–६ थापागाउँका १८ बर्षिय गोरख चौथरीको ज्यान गएको हो ।

उनको घटना स्थल मै ज्यान गएको र जिप नियन्त्रणमा लिईए पनि नाम नखुलेका चालक फरार रहेकोले खोजी कार्य तिब्र पारिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी  बिनोद विक्रमभ शाहले जानकारी दिए । मृतको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको शाहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप