शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन महिनादेखि वडाध्यक्ष वेपत्ता

शनिबार, ०९ चैत २०७५, ११ : ४७
शनिबार, ०९ चैत २०७५

बुटवल–अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष  वेपत्ता भएको तीन महिना  बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । 
   पुस २ गते बिहान  करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका  मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसाल हालसम्म बेपत्ता भएका हुन् । 

  वडाध्यक्षका दाजु जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजछिबमा ध्यान नदिएको आरोप लगाए । 

 उनका अनुसार पुस सोही दिन विहान वडाध्यक्ष भुसाल  घरबाट आफ्नो लु १ ब १७४५ नम्वरको  मोटरसाईकल सर्भिसिङ्ग गर्न जान्छु भन्दै हिँडेका थिए । सन्धिखर्कको  गुन्टेखोलामा रहेको यामाहा  स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए ।  

 प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैचामा रहेको सिसी क्याम्मरामा देखिएका थिए । दोश्रो दिन विहान बुटवल अस्पताल लाइनमा फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् । भेट हुँदा अस्मितासँग पश्चिमतिर जाने बताएका उनी त्यसयता कसैको सम्पर्कमा नरहेको बताइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप