शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्व क्रिकेटर गौतम गम्भिर भाजपामा प्रवेश, दिल्लीबाट चुनाव लड्ने चर्चा

शुक्रबार, ०८ चैत २०७५, १८ : ०५
शुक्रबार, ०८ चैत २०७५

एजेन्सी– लोकसभा निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य गौतम गम्भिर आज भाजपा प्रवेश गरेका छन् ।  पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय मन्त्री अरुण जेट्लीले यसलाई महत्वपूर्ण कदम बताए । 

पार्टी प्रवेश पछि बोल्दै ३७ वर्षे गम्भिरले भने, ‘म प्रधानमन्त्री मोदीको भिजनबाट प्रभावित छु । मेरो लागि देशको राम्रो गर्ने यो सबैभन्दा उत्कृष्ट मञ्च हो ।’ गम्भीरले आगामी लोकसभा निर्वाचनमा दिल्लीबाट प्रतिस्पर्धा गर्ने चर्चा छ । त्यसमध्य पनि उनी नयाँ दिल्लीको प्रतिष्ठित निर्वाचन क्षेत्रबाट उठ्ने सम्भावना बढी रहेको बताइन्छ । हाल उक्त क्षेत्रबाट भाजपाकै मिनाक्षी लेखी निर्वाचित छिन् । 

उनी सोही निर्वाचन क्षेत्रभित्र पर्ने रजिन्दर नगरका बासिन्दा हुन् ।  अरुण जेट्लीले भने गम्भिरको निर्वाचन उठ्ने कुराबारे टिप्पणी गर्न अस्वीकार गरे । रिपोर्टरको प्रश्नमा उनले यो निर्णय पार्टीको निर्वाचन कमिटीले गर्ने टिप्पणी गरे ।

गौतम गम्भीर हालसालै पद्म श्री अवार्डबाट विभूषित भएका थिए । उनी सन् २०१४ को निर्वाचनको समयमा अरुण जेट्ली उठेको पञ्जावको अर्मितसर क्षेत्रमा प्रचारमा समेत खटिएका थिए । अरुणले त्यो निर्वाचन हारेका थिए । उनी हाल पञ्जावका मुख्यमन्त्री रहेका कंग्रेस नेता अमरिन्दर सिंहसँग पराजित भएका थिए । 

गौतम यही डिसेम्बरमा १५ वर्षे राष्ट्रिय टिमको खेल जीवनको अन्त्य गर्दै सन्यास लिएका थिए । पछिल्लो समय उनका समाजिक सञ्जालका पोष्टहरु राजनीतिक घटनाको टिप्पणीले भरिएको थियो । यसले उनी राजनीतिमा प्रवेश गर्ने सम्भावना बढेको चर्चा चलिरहेको थियो ।  –एनडीटीभीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप