शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसभा चुनाव २०१९ नजिकिँदै गर्दा उत्तरपूर्वी भारतमा मन्त्रीसहित २३ नेताले भाजपा छाडे

शुक्रबार, ०८ चैत २०७५, १६ : ३१
शुक्रबार, ०८ चैत २०७५

एजेन्सी । निर्वाचन नजिकिदैं गर्दा भारतको उत्तर–पूर्वी राज्यहरुमा भाजपालाई ठूलो झट्का लागेको छ । बितेको दुई दिनमा यी क्षेत्रका २३ नेताहरुले पार्टी छाडेका छन् । 

अरुणाचल प्रदेशमा मात्र दुई मन्त्री र ६ विधायकहरुसमेत २० नेताहरुले मंगलबार भाजपा छाडेर नेशनल पीपुल्स पार्टी प्रवेश गरे । 

भाजपा छाड्ने प्रमुख व्यक्तिमा राज्य गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जारकार गामलिन, भाजपा महासचिव जरपुम गामबिन छन् । नयाँ नेताहरुको प्रवेशसँगै विधानसभामा अब एनपीपीको विधायकहरुको संख्या १३ भएको छ । 

राज्यको ६० सदस्यीय विधानसभामा अझै पनि भाजपासँग ४० विधायकहरुको समर्थन प्राप्त छ । अघिल्लो आइतबार भाजपाले राज्य विधानसभाको लागि ५४ सिटमा उमेद्वारको नाम घोषणा गरेको थियो । 
अरुणाचल प्रदेशमा अप्रिल ११ मा दुई लोकसभा सिटहरुको साथै विधानसभा चुनावको लागि पनि भोट हुदैंछ । 

मणिपुर, मेघालयमा पनि भाजपा सरकारमा छ एनपीपी
हाल राज्यमा एनपीपी र भाजपाको गठबन्धन सरकार छ । एनपीपी पूर्वोत्तर लोकतान्त्तिक गठबन्धनको एक सदस्य हो । तर यी दुई पार्टी अगामी लोकसभामा निर्वाचनमा गठबन्धन नगरेर अलग अलग लडिरहेका छन । 

मणिपुरमा पनि भाजपा र एनपीपीको गठबन्धन सरकार छ । नागाल्याण्डमा पनि दुई पार्टी नै सरकारका हिस्सेदार छन् ।  

उता त्रिपुरा राज्यमा पनि भाजपा उपाध्यक्ष सुबल भौमिकसमेत भाजपाका तीन नेताले मंगलबार कांग्रेसमा प्रवेश गरे । कांग्रेसमा सामेल भएका दुवै नेता पूर्व मन्त्री हुन् । 

भाजपा छाड्ने भए पछि भौमिकले भनेका थिए ,“म त्यो पार्टीको बोझ बन्न चाहन्न जसमा आन्तरिक लोकतन्त्र छैन । यसैले मैले कांग्रेसमा फर्कने फैसला गरे ।” 

सन् १९७० को दशकको अन्त्यमा भौमिक कांग्रेसमै थिए । उनी कांग्रेसबाटै सन् २००८ मा विधायक बनेका थिए ।

सन् २०१३ मा राज्यको विधान सभा निर्वाचनमा कांग्रेसको हारपछि उनले कांग्रेस पार्टी छाडे र प्रगतिशिल ग्रामिण कांग्रेसको गठनको गरे । तर त्यसको एक वर्षपछि उनी भाजपा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप