शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोलाको पानीको मूल्य घट्यो, प्रति लिटर एक रुपैयाँ मात्रै !

शुक्रबार, ०८ चैत २०७५, १६ : ०३
शुक्रबार, ०८ चैत २०७५

बुटवल । पिउने पानीको अभावमा खोलाको पानी  प्रतिलिटर तीनदेखि चार रुपैयाँ सम्ममा किन्न बाध्य गुल्मीको मुसिकोट नगरपालिका ३ र ४  सबिक बडागाउँका जनतालाई अहिले नगरपालिकाले व्यवस्थापन गरि  प्रति लिटर एक रुपैयाँमा पानी उपलब्ध गराउन थालेको छ ।

 वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसी खानेपानीको समस्या भोग्दै आएका जनतालाई थोरै भएपनि राहत दिने उद्देश्यले नगरपालिकाले नै ट्याक्टरको  भाडा तिरीदिने र अन्य आवश्यक खर्च पनि उपलब्ध गराएर हाल प्रति लिटर एक रुपैयाँ पानी उपलब्ध गराउँदै आएको बताए । 

   ‘ठुलाचौर, गोहडा,  मैदान , ठुलापोखरा लगायतका गाउँवासी जनप्रतिनिधि नहुनु अघिसम्म तल खोलाको पानी ट्याङकीमा भरेर ट्याक्टरमा ओसार्दै किनबेच गर्न बाध्य थिए।  त्यही खोलाको पानी प्रति लिटर चार रुपैयाँ सम्म किनेर खान बाध्य थिए  ।’ 
उनले थपे, ‘जनतालाई थोरै भए पनि राहत पुराउने उद्देश्यका साथ अहिले नगरपालिकाले नै ट्याक्टरको  भाडा तिरी दिने र अन्य आवश्यक खर्च पनि उपलब्ध गराउन थालेको छ । अहिले  प्रति लिटर एक रुपैयाँ मात्रैमा उपलब्ध गराउन पाएकोमा सन्तोष लागेको छ ।’

   उनले  उक्त समस्या समाधानका लागि लिफ्ट खानेपानी योजना  सुरु गरिएको तर  स्थानीय तहबाट मात्रै योजना सम्पन्न गर्न नसक्ने भएपछि यस क्षेत्रका संघीय सांसद तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसँग आवश्यक रकमका लागि माग पत्र पेश गरेको जानकारी दिए ।

   हालको  वडा नम्वर ३ र ४  साबिक बडागाउँ गाविसमा पदर्छ ।  वडा नम्वर ४ को हलोगाडे, उपल्लो गाउँ , तल्ला गाउँ , (  दजाकोट ) सम्मका जनताले पनि प्रति रुपैयाँ चार रुपैयाँ सम्म तल खोलाको पानी किनेर खाने गरेकोमा अहिले मुल्य घटाएर एक रुपैया प्रति लिटर गराउन सकेकोले जनताले थोरै भए पनि राहत महशुस गरेको वडा नम्बर ४ का वडाध्यक्ष ओमबहादुर केसीले बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पनि खानेपानीको समस्या समाधान गर्न आफूहरु प्रयासरत रहेको बताए । 

  केहिदिन अघि त्यहाँको खानी पानी समस्या समाधानको उद्देश्यले स्थलगत अध्ययन गर्न पुगेका मन्त्री विष्टले सुरु भएका खानेपानी योजनामा पैसाको कमी हनु नदिने प्रतिबद्धता जनाउँदै आगामी पाँच बर्ष भित्रमा आफ्नो निर्वाचन क्षेत्रका जनताको घरसम्म पानी पुर्याइछाड्ने प्रतिवद्धता जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप