बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको फन्दामा

शुक्रबार, ०८ चैत २०७५, १२ : ३७
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फुयाँललाई गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 

नायव सुब्बा रामकुमार फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज बिरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घुस मागेका थिए । 

फुयाँलले सेवाग्राहीसँग ६० हजार घुसबापतको रकम लिएर जोरपाटी चोकमा फलफुल पसल गर्ने ध्रव खड्कालाई राख्न दिएको बताइएको छ । 

फलफुल पसलेलाई पैसा राख्न दिएको केही समयपछी गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोक स्थित सापकोटा मिठाइ भण्डारमा खड्कालाई राख्न दिएको पैसा लिन पुगेका सापकोटलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको अख्यितर प्रवक्ता प्रदिप कुमार कोईरालाले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप