शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली रुपन्देहीमा

शुक्रबार, ०८ चैत २०७५, ११ : ३५
शुक्रबार, ०८ चैत २०७५

बुटवल– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । 

प्रधानमन्त्री ओली शुक्रबार रुपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेज र बुुटवल नारायणगढ सडक विस्तार कार्यको शिलन्यास गर्ने कार्यक्रम छ । 
रुपन्देही का यी दुुई ठूला आयोजना सुरु गर्न प्रधानमन्त्री ओली र नेकपा महासचिव विष्णुु पौडेल शुुक्रबार यहाँ आउने लागेका हुन् । बिहान ११ बजे तिलोत्तमा १ नयाँमिलस्थित मेडिकल कलेजको कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुुख मानबहादुुर घिमिरेले जानकारी दिए । 
त्यस्तै दिँउसो साढे १२ बजे बुटवल नारायणगढ सडकको बुटवल ८ स्थित बुटवलमण्डप नजिकै सडक स्तरोन्नतिको शिलन्यास गर्ने कार्यक्रम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप