केन्द्रीय संस्करण

हेरियट टबम्यान : दासीजीवनदेखि अमेरिकी नोटसम्मको सङ्घर्षगाथा

person explore access_timeचैत ७, २०७५ chat_bubble_outline0
Photo: face2faceafrica.com

अन्तराष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवस २१ मार्चको अवसरमा हामी यस्ता संघर्षशील महिलाको वीरतागाथा प्रस्तुत गरेका छौं, जसले आफ्नो मुक्तिको लागि संघर्षको शंखनाद गरे । उनले आफूलाई मात्र मुक्त गराएनन्, उनले रङ्गभेदी प्रणालीले थोपरेको दासताको नारकीय जीवन भोगिरहेका आफूजस्तै थुप्रैलाई मुक्त गराए ।

दासताविरुद्धको लडाइमा सशस्त्र संघर्षसमेतमा हाेमिएकी यी साहसी योद्धाको जीवनगाथा यस्तो छ :

 

केही इतिहासकारले उनले ७०० सम्म दासीहरुलाई मुक्त गरेको दावी गरेको भए पनि उनी आफैले यो संख्या कम भएको बताउँथिन् । उनले व्यक्तिगत रुपमा कम्तीमा पनि ७० दासीदासीहरुलाई स्वतन्त्र बनाएकी थिइन् ।

 

हेरियट टबम्यान अमेरिकी इतिहासकी सबैभन्दा परिचित व्यक्तित्वमध्ये एक हुन् ।

हेरियट टबम्यानको जन्ममिति समेत ठयाक्कै थाहा छैन । इतिहासकारहरु उनी सन् १८२० को वरपर जन्मिएकी मान्छन् । उनी मेरिल्याण्डमा कृषक दासी परिवारमा जन्मिएकी थिइन् ।

त्यो बेलाको नियम अनुसार दासी परिवारमा जन्मिएकी हेरियट जन्मदै स्वतः दासी भइन् । उनका अभिभावकले उनको नाम अरामिन्ता रोज राखिदिएको भए पनि पछि उनले आफ्नो नाम आमाको सम्मानमा आमाकै नाममा बदलिन् ।  

हेरियट ८ दाजुबहिनी सहितको ठूलो परिवार जन्मिएकी थिइन् । तर उनको आमाको लाख प्रयासको बावजुद हुर्कदैं गर्दा परिवारका सबैजना दासको रुपमा बेचिँदा परिवार अलग थलग हुदैं गयो ।

हेरियट ५ वर्ष हुँदा उनको मालिकले उनलाई एक घरमा शिशु स्याहारको लागि भाडामा दिएका थिए । त्यो घरका मालिक निक्कै अनुदार थिए । आफै बालसुलभ उमेरकी हेरियटले शिशु हेर्दा केही बिग्रिए अथवा शिशु रोए उनीमाथि कोर्रा बर्सन्थ्यो । 

त्यो कलिलो उमेरमै पाएको यातनाले हेरियटलाई जीवनपर्यन्त शारीरिक र भावनात्मक चोट पुगेको थियो । 

सात वर्षको उमेरमा उनलाई पुनः कृषि मालिकको जिम्मामा भाडामा दिइयो । त्यहाँ उनको काम अन्न खाने मुसालाई पासो थाप्नु थियो । सानोमा आफूले गरेका विभिन्न कामबारे तुलना गर्दै उनले आफूलाई घरभित्रको कामभन्दा खेतीपाती मन पराइन् ।

जीवनको बाटो बदल्ने त्यो घटना

हेरियट १२ वर्ष हुँदाको कुरा हो, उनले काम गर्ने ठाँउमा एकजना दासी भागेका थिए । तर ती अभागी दासी केहीपछि नै दास–मालिकहरुको पञ्जामा परे ।

उसलाई समातेर ल्याएपछि अरु दासदासीहरुलाई पाठ सिकाउन सजाय दिन लागिएको थियो । तर विद्रोही हेरियटले उक्त मानिसलाई छेकिन् ।

फलतः भाग्न खोज्ने दासीलाई पाठ सिकाउन हानिएको त्यो भारी चिज उनको टाउकोमा बज्रियो । उक्त घटनबारे स्मरण गर्दै हेरियटले पछि भनिन्, “त्यसले मेरो खप्परनै फुटायो । बेहोस र रगताम्य अवस्थाकी मलाई उनीहरुलाई घर लगेछन् । मेरोमा सुत्नको लागि ओछ्यान पनि थिएन । उनीहरु मलाई परालको चकटीमा छाडेर गए । म त्यहाँ त्यो दिनभरि र अर्को दिन त्यसै लडिरहें ।”

उनलाई त्यो बखत उपचारको अत्यन्त आवश्यकता थियो । तर उनका मालिकले उनलाई बेवास्ता गरे ।

यो घटनाले उनलाई आफूले बाँचिरहेको जीवन कति दयनीय रहेछ भन्ने बोध भयो । त्यसले उनी थप विद्रोही भइन् । थुप्रै इतिहासकारहरु उनका पछिका कार्यहरुको प्रेरणा त्यही घटना थियो भनेर मान्छन् ।

तर त्यो दिनको चोटले उनलाई दुई दीर्घरोग पनि दियो । उनलाई सधैं टाउको दुखिरहने र धेरै समय निन्द्रा लाग्ने समस्या सुरु भयो । कतिपय बेला उनी जुनसुकै समय अचानक लडेर अचेत बन्न पुग्थिन् । यो समस्याले उनी दासमालिकहरुले नजरमा काम नलाग्ने भएकी थिइन् ।

सन् १८४९ सेप्टेम्बर १७ को दिन हेरियटले आफ्ना दुई भाइहरु सहित मेरिल्याण्डको कृषिफार्मबाट उम्किन् । उनीहरु पक्राउ परे पुन दासी हुनु त पथ्र्यो नै, त्यसमाथि थप उनीहरुलाई सजाय दिइने कुरा पनि निश्चित थियो ।

दासत्वबाट मुक्ति

सन् १८४० मा हेरियटका पिताले दास मालिकसँग गरेको सम्झौता अनुसार मुक्त भए । हेरियटको आमाको मालिकको अन्तिम इच्छामा ‘हेरियटका आमा र उनका सबै सन्तानहरुलाई दासत्वबाट मुक्त गरिदिनु’ भनेर लेखेका रहेछन् । यो हेरियटको परिवारले थाहा पायो । यस इच्छापत्र अनुसार काम गरिएको भए  हेरियट पनि मुक्त हुनेथिन् ।

तर दासमालिकको छोराले हेरियटकी आमाको मालिकको अन्तिम इच्छा पूरा गर्न अस्वीकार गर्यो ।

सन् १८४४ मा हेरियटको विवाह जोन टबम्याससँग भयो । टवम्यान एक मुक्त अश्वेत थिए । दुईबीचको सम्बन्ध सुमधुर थिएन । जोन हेरियटप्रति धेरै जसो दुरव्यवहार गर्थे ।

उसले कयैन पटक हेरियटलाई दासीहरुमाथि कडा व्यवहार गरिने अझ दक्षिणतर्फ बेचिदिने धम्की दिन्थे । उनको लोग्नेको धम्की र उनका दुई भाई बेन र हेनरी अन्यत्र बेचिँदैछन् भन्ने थाहा पाएपछि उनले भाग्ने योजना बनाउन थालिन् ।

सन् १८४९ सेप्टेम्बर १७ को दिन हेरियटले आफ्ना दुई भाइहरु सहित मेरिल्याण्डको कृषिफार्मबाट उम्किन् । उनीहरु पक्राउ परे पुन दासी हुनु त पथ्र्यो नै, त्यसमाथि थप उनीहरुलाई सजाय दिइने कुरा पनि निश्चित थियो ।

हेरियटका दुई भाइ जन्मेदेखि कहिले अनुभव नगरेको स्वतन्त्रता प्राप्त गर्न गइरहेकोमा अब के गर्ने भन्ने चिन्ता पनि परे । अत्यासमा उनीहरु बीच बाटोबाटै पुन दासत्वको जीवनमै फर्किए ।

तर हेरियट आफ्नो स्वतन्त्रताको लक्ष्यमा अडिग रहिन् । भूमिगत रेलमार्गको बाटो भएर हेरियट पेन्सिलभेनियाको ९० माइल उत्तरतिर पुगिन् ।

स्वतन्त्रता र दास उन्मुलन अभियन्ता

फिलाडेल्फियामा उनले स्वतन्त्र अश्वेतको रुपमा घर–हेर्ने काम गर्न थालिन् । त्यो समय अमेरिकाको दक्षिणी भागमा कृषि र पुरातन जीवनशैलीको बलियो पकड थियो ।

त्यहाँ अश्वेतहरुलाई दास बनाउने चलन थियो । तर उत्तरमा तीव्र रुपमा औद्योगिकरणका कारण श्रमिकको आवश्यकता बढेको थियो ।

ठूलो श्रमिक जनसंख्या दासको रुपमा दक्षिणमा रहेकाले उनीहरुलाई श्रमिकको अभाव भएको थियो । यसले गर्दा उत्तरको मानसिकता दासप्रथा विरोधी थियो । दासहरु मुख्यतः कृषिमा संलग्न गरिने र उत्तरमा कृषिफार्मको अभावमा त्यहाँ त्यति दासत्व प्रचलन अभ्यासमा पनि थिएन ।

उत्तरी सहर फिलाडेल्फियामा स्वतन्त्र जीवन बिताइरहेकी टवम्यान आफू एक्लैको स्वतन्त्रतामा सन्तुष्ट भइनन् । 

त्यसको केहीपछि नै उनी अमेरिकाको दक्षिणी भागमा रहेका आफ्नी भान्जी र उनका छोराछोरीलाई फिलाडेल्फिया ल्याउनको लागि गइन् । यो यात्रा उनले आफू मुक्त भएको भूमिगत रेलमार्गबाटै तय गरेकी थिइन् ।

पहिलो अभियान सफल भएपछि उनले अन्य कयैन पटक दासहरुलाई उत्तर ल्याउने अभियानका लागि दक्षिणमा भूमिगत रेलयात्रा गरिन् ।

एक पटक उनले आफूप्रति क्रुर रहेका श्रीमानलाई पनि उत्तरी भागमा जान भनेकी थिइन् । तर नयाँ विवाह गरिसकेका उनले टबम्यानको प्रस्ताव अस्वीकार गरे । 

सन् १८५० मा एक ‘फ्युजिटि स्लेभ एक्ट’ (फरार दासी ऐन) ल्याइयो । यस नश्लवादी ऐनले दक्षिणबाट उत्तर भागेका र स्वतन्त्र भएका दासीहरुलाई पक्राउ गरेर पुनः दासी बनाउन सकिने प्रवधान राखिएको थियो ।

यो ऐन पास भएपछि हेरियटले भूमिगत रेलको कण्डक्टर काम छाडेर क्यानडाको नजिक थप उत्तरतिर लागिन । यो यात्रा उनीहरु अरु सुतेको बेला जंगलको मार्ग हुँदै गरेको थिए । जसमा उनले विभिन्न पटकको यात्राका क्रममा उनले मुक्त गरेका दासदासीहरु पनि संगै थिए ।

त्यसपछिका दस वर्ष हेरियटले फ्रेडरिक डगलास, थोमस हेरेट र मार्था कोफिन राइटजस्ता दास उन्मुलन अभियानमा लागेका अभियन्ताहरुसँग मित्रता बनाइन् । उनले दासदासीहरुलाई उत्तर ल्याउने आफ्नै छुट्टै भूमिगत रेल संजाल बनाएकी थिइन् ।

केही इतिहासकारले उनले ७०० सम्म दासीहरुलाई मुक्त गरेको दावी गरेको भए पनि उनी आफैले यो संख्या कम भएको बताउँथिन् । उनले व्यक्तिगत रुपमा कम्तीमा पनि ७० दासीदासीहरुलाई स्वतन्त्र बनाएकी थिइन् । यसमा उनका बुढ्यौली उमेरका अभिभावक पनि थिए ।

यसका साथै उनले दक्षिणबाट भाग्न इच्छा राख्ने कयैनलाई पनि उनले भाग्न सघाइन् ।

अमेरिकी गृहयुद्धमा संलग्नता

सन् १८६१ मा अमेरिकामा गृहयुद्ध सुरु भयो । एक वर्ष अघि राष्ट्रपति निर्वाचित अब्राहम लिंकनले चुनाव जितेमा देशभरिका अश्वेत दासदासीहरुलाई मुक्त गर्ने नारा ल्याएका थिए ।

यसबाट पहिले आत्तिएका दक्षिणका दास मालिकहरु लिंकन विजयी भएपछि दक्षिणका राज्यहरु समेटेर अलग राष्ट्र घोषणा गर्ने अवस्थामा पुगे ।

यसपछि दुई अमेरिकी संघबीच युद्ध सुरु भयो । हेरियटले यो युद्धलाई दास प्रथाविरुद्ध लड्ने मोर्चाको रुपमा लिइन् । त्यो बेला महिलाहरु युद्धमोर्चामा जान पाउदैन थिए ।

उनले अन्य विभिन्न पदमा रहेर युद्धमा अब्राहम लिंकन पक्षबाट युद्धमा सहभागी भइन् । उनी फोर्ट मोनरोमा दक्षिणबाट भागेका अश्वेतहरुलाई भर्ती गर्न सघाउने पदमा थिइन् । त्यहाँ उनले त्यस अतिरिक्त नर्स, भान्छे, धोबीको काम पनि गरिन् ।

उनले अन्य विभिन्न पदमा रहेर युद्धमा अब्राहम लिंकन पक्षबाट युद्धमा सहभागी भइन् । उनी फोर्ट मोनरोमा दक्षिणबाट भागेका अश्वेतहरुलाई भर्ती गर्न सघाउने पदमा थिइन् । त्यहाँ उनले त्यस अतिरिक्त नर्स, भान्छे, धोबीको काम पनि गरिन् ।

सन् १८६३ मा हेरियट अब्राहम लिंकनको युनियन सेनाको गुप्तचर र स्काउट संजालको एक शाखाको प्रमुख भइन् । यस पदमा रहेर उनले विगतमा आफू उम्कँदाका हिँडेको बाटोका अनुभवका आधारमा युनियन कमाण्डरहरुलाई दक्षिणी राज्यको कन्फडरेट सेनाका आपुर्ति मार्गबारे महत्त्वपूर्ण सूचना दिएकी थिइन् ।

गृहयुद्धपछि महिला मताधिकार दिनुपर्ने अभियान्ता

गृहयुद्धपछि हेरियट न्यूयोर्कको योवर्नमा रहेको आफ्नो जग्गामा बस्न थालिन् । उनले पूर्व दास तथा गृहयुद्धमा लडेका नेल्सन डेभिससँग दोस्रो विवाह गरेकी थिइन् ।

विवाहको केही वर्षपछि उनीहरुले गेरटी नामकी सानी युवतीलाई धर्मपुत्री बनाए ।

उनी आफ्नो गच्छेले भ्याएसम्म आवश्यकता परेका जो कोहीलाई सघाउथिन् । उनले घरमा फलेका अन्न, पालेका सुँगुर बेचेर र साथीहरुबाट प्राप्त भएका दान र ऋणको रकम प्रयोग गरेर आवश्यक पर्नेहरुलाई सघाउँथिन् ।

उनी असाक्षर थिइन् । तर पनि उनी साक्षर महिलाहरुको नेतृत्वमा चलिरहेको महिलाहरुलाई मताधिकार दिनुपर्ने आन्दोलनमा पनि सहभागी भइन् । यस क्रममा उनले अमेरिकाको उत्तरपूर्वी भागमा यसपक्षमा मत निर्माण गर्न यात्रा पनि गरेकी थिइन् ।

उनले जीवनका कहिले पनि विद्यालयको मुख देख्न पाइनन् । यसैले उनी असाक्षर थिइन् । तर पनि उनी साक्षर महिलाहरुको नेतृत्वमा चलिरहेको महिलाहरुलाई मताधिकार दिनुपर्ने आन्दोलनमा पनि सहभागी भइन् । यस क्रममा उनले अमेरिकाको उत्तरपूर्वी भागमा यसपक्षमा मत निर्माण गर्न यात्रा पनि गरेकी थिइन् । यस क्रममा उनको चर्चित अमेरिकी महिला मताधिकार नेतृ सुसन बी एन्थोनीसँग पनि काम गरेकी थिइन् ।

सन् १८९६ मा हेरियटले आफ्नो घर छेउमा जग्गा किनेर त्यहाँ वृद्ध र असाहय अश्वेतहरुको लागि आश्रयस्थल खोलिन् ।

१२ वर्षको उमेरमा टाउकोमा बज्रेको चोटले उनलाई जीवनभर सताइरह्यो । वृद्धावस्थासँगै उनको पीडा बढ्दै गएपछि उनले पीडा कम गर्नको लागि मस्तिष्कको शल्यक्रिया पनि गराइन् ।

तर पनि उनको स्वास्थमा सुधार आएन । यसैले गर्दा सन् १९११ मा उनले आफैले खोलेको आश्रयस्थल पुगिन । सन् १९१३ मार्च १३ मा न्युमोनियाको कारण हेरियट टबम्यानको मृत्यु भयो ।

टबम्यानको सम्मान

उनले दास उन्मुलन अभियानमा पुर्याएको योगदानको लागि अमेरिकाका कयैन विद्यालय र संग्राहालय उनको नाममा नामाकरण गरिएको छ ।

उनको जीवनीलाई समेटेर कयैन पुस्तक, फिल्म र वृत्तचित्र निर्माण भएका छन् ।

दोस्रो विश्वयुद्धको एक अमेरिकी युद्धकजहाजको नाम नै उनको नामबाट एसएस हेरियट टबम्यान दिइएको थियो ।

सन् २०१६ मा अमेरिकी नोटहरु हेर्ने अमेरिकी टे«जरीले २० डलरको नोटमा रहेको पूर्व राष्ट्रपति तथा दासमालिक एण्ड्रू ज्याकसनको तस्विर हटाएर टबम्यानको तस्विर राख्ने निर्णय गर्यो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...