शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झुटो समाचार लेख्ने अनलाइन पत्रकार खनाल पक्राउ

बिहीबार, ०७ चैत २०७५, २० : ३६
बिहीबार, ०७ चैत २०७५

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले झुटो समाचार लेखेर अफवाह फैलाउने एकजना पत्रकारलाई पक्राउ गरेको छ । 

परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा झुटा समाचार लेखेर अफवाह फैलाउने कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले आवाज डटकम अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएकाले खनाललाई पक्राउ गरिएको जानकारी दिए । 

‘अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेका हौँ,’ –उनले भने । 

पक्राउ खनाललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप