बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेको अवस्थामा ३ महिलासहित ६ जना पक्राउ

बिहीबार, ०७ चैत २०७५, २० : २०
बिहीबार, ०७ चैत २०७५

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेलिरहेको स्थानबाट नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ महिला र ३ पुरुष रहेका छन् । 

बिहिबार साँझ प्रहरीले सूर्यविनायक नगरपालिका – ५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद रु दुई लाख ८६ हजार ३ सय १० र १० बुक ताससहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका – ४ घर भई हाल सूनपा कटुञ्जे बस्ने बर्ष ५५ को नर्वु लामा, हाल पाण्डुबजार बस्ने बर्ष ३५ को एडी लामा र सिन्धुपाल्चोक जुगल गाउँपालिका – ४ घर भई हाल ठिमी बोडे बस्ने बर्ष २८ को मान ब.श्रेष्ठ रहेका छन् । 

यस्तै मोरङ पथरी शनिश्चरे नगरपालिका – ९ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने बर्ष २९ की सरु राई, सोही स्थान घर भई पेप्सीकोला बस्ने बर्ष २५ की मिमा राई, दोलखा शैलुङ गाउँपालिका – १ घर भई हाल सूर्यबिनायक बस्ने बर्ष ३६ की राखी लामा रहेकी छिन् । 

उनीहरुलाई नियन्त्रणमा लिई जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप