विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए स्वतः फिर्ता हुन्छ: मन्त्री बास्कोटा
काठमाडौं– सरकारले विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए स्वतः राज्य कोषमा फिर्ता हुने कानुनी व्यवस्था गर्न लागेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले विज्ञापन बोर्डबाट वितरण गर्न लागिएको विज्ञापनसम्बन्धि बजेट खर्च नभए स्वतः राज्यकोषमा फिर्ता हुने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।
बिहीबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले विज्ञापनका लागि खर्च नभएको बजेटलाई निष्क्रिय हुन नदिन पनि सरकारले सो बजेटलाई राज्य कोषमा फिर्ता गर्ने कानुनी व्यवस्था गर्न लागेको पनि स्पष्ट पारे ।
सरकारले हाल करिब ४ अर्ब बजेट विज्ञापनका लागि विनियोजन गर्ने गरेको छ । त्यसमा खर्च नहुने अवस्था पनि आएकाले खर्च नभएको बजेट स्वतः राज्य कोषमा फिर्ता हुने प्र्रस्ताव सो विधेयकमा समावेश गरिएको छ ।
मन्त्री बास्कोटाले राज्य कोषमा फिर्ता हुने भएपछि विज्ञापन बोर्डले पनि सो बजेट खर्च गर्न सक्रियता देखाउने पनि स्मरण गराए । विधेयकमा विज्ञापन बोर्डले आफ्नो कोषमा छुट्टयाएको बजेटको लेखा प्रणाली महालेखा परीक्षकको कार्यालयबाट गराउने पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले