मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

बिहीबार, ०७ चैत २०७५, १६ : ३५
बिहीबार, ०७ चैत २०७५

काठमाडौं– मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धि सम्झौता भएको छ। 

सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं,  पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र  सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरूङ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप