मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ईपीएस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

बिहीबार, ०७ चैत २०७५, १६ : १४
बिहीबार, ०७ चैत २०७५

काठमाडौं– वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।

यहि चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्नेछन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन् ।   

परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ ।

परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएका नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि जततउकस्ररभयभचक।भउकलभउब।िनयख।लउर साइटमा जानुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप