शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेलको ग्यालिनमा ड्रग्स, डान्सबारकी नर्तकी प्रहरी फन्दामा !

बिहीबार, ०७ चैत २०७५, १५ : ३२
बिहीबार, ०७ चैत २०७५

ललितपुर– लागू औषध कारोबारीहरुले नयाँ–नयाँ टेक्निकको प्रयोग गर्दै आफनो कारोवारलाई विस्तार गरिरहेका छन् । मंगलबार ललितपुर महानगरपालिकास्थित नः टोलमा त्यस्तै नयाँ आइडिया लगाएर लागूऔषध बिक्री गर्न हिँडेको अवस्थामा एक युवतीलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा म्याग्दी स्थायी घर भएकी अस्मिता गुरुङ्ग रहेकी छिन् । २१ वर्षीया अस्मिता गुरुङ्गले सिल गरिएको खाने तेलको ग्यालिनभित्र लुकाएर डाईजेपाम, नुर्फिन र फेनार्गनको कारोबार गर्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण चिमोरियाले रातोपाटीलाई जानकारी दिए । 

प्रहरीले उनको साथबाट ६७४ एम्पुल लागू औषध बरामद गरेको छ । बा.६८ प ७०९२ नम्बरको स्कुटरमा लागु औषध बोकेर हिँडेकी गुरुङ्गलाई प्रहरीले लागू औषध मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

कुमारीपाटीस्थित मुन लाईट डान्सबारमा काम गर्दै आएकी अस्मिता लागूऔषध मुद्धामा फरार रहेका विक्की खड्गीसँगको सहकार्यमा लागूऔषध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

फरार रहेका विक्कीलाई पक्राउ गर्न उनको घरमा प्रहरीले निगरानी बढाएपछि डान्सबारमा नाच्दै आएकी अस्मिताको कोठालाई विक्कीले कारोबार स्थल बनाएको पुल्चोकका इन्सपेक्टर माधव केसीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप