शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाट पल्टियो जेट एयर

बिहीबार, ०७ चैत २०७५, १४ : ५३
बिहीबार, ०७ चैत २०७५

दिल्ली–गम्भिर आर्थिक अवस्थाबाट गुज्रिरहेको जेट एयरवेजलाई माथि उठाउने कोशिस तिब्र बनेको छ । जेटलाई ऋण दिने बैंकहरुको समूहको नेतृत्व गरीरहेको भारतीय स्टेट बैंक (एसबीआई) का अध्यक्ष रजनीश कुमारले जेट एयरवेजलाई बन्द हुनबाट जोगाउने कोशिस सुरु गरेका छन् ।

रजनीश कुमारले जेटलाई संचालन गरीराख्न सक्दो कोशिस गर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘दीवालिया घोषित गर्नु (टाट पल्टियो भन्नु) अन्तिम विकल्प हो, र यसबाट बच्नको लागि ऋणदाताहरुको समूह हर सम्भव कोशिस गरिरहेको छ ।’

उनले भनेका छन्,‘ जेट एयरवेज उडिरहोस् भन्ने सवैको चाहना हो र यसमा सवैको हित पनि छ ।’ रजनीश कुमारले आबु धावीको साझेदार कम्पनी इतिहाद एयरवेजसँग यो विषयमा कुरा भईरहेको बताए । उनले भनेका छन्, ‘कम्पनीले टाट पल्टियो भन्नुको मतलब यसलाई बन्द गर्नु भन्ने बुझिन्छ ।’

एसबीआईका अध्यक्षको यो भनाई बैंकको तर्फबाट जेट एयरवेजको मद्दत गर्ने खबरसँगै आएको हो । खबर यो पनि छ कि बैंक जेट एयरवेजलाई मद्दत गर्ने विषयमा विचार गर्न सक्छ तर यसको लागि कम्पनीका प्रोमोटर नरेश गोयल र सबैभन्दा ठूलो शेयरहोल्डर इतिहाद एयरवेजको आफ्नो हिस्सा बन्दकी राख्नु पर्ने हुनसक्छ ।

सायद, जेट एयरवेज अन्य तरिकाबाट फन्ड जम्मा गर्न असफल भएको हुनुपर्छ, अव जेटसँग सीमित विकल्पहरु मात्रै छन् । जसले जेटलाई माथि उकास्न मद्दत गर्न सक्छ ।

आर्थिक संकटको कारण जेट ऋण चुक्ता गर्न असक्षम भएको छ । यसका साथै कम्पनी पाइलट र अन्य वेन्डर्सलाई तिर्नुपर्ने रकम चुक्ता गर्न सकेको छैन । यस कारण कम्पनीले आफ्ना ४० भन्दा धेरै विमान संचालन नगरी हटाउन बाध्य भएको छ ।

जेट एयरवेजमा संस्थापक नरेश गोयल र उनका परिवारको करीब ५२ प्रतिशत हिस्सा रहेको छ । जब कि रणनीतिक साझेदार र आबु धाबीको कम्पनी इतिहादको २४ प्रतिशत हिस्सा रहेको छ ।

भारतीय स्टेट बैंक (एसबीआई)को नेतृत्वमा बैंकको समूह जेट एयरवेजको समस्या समाधानका लागि योजना बनाएर काम गरिरहेको छ । जेटमाथि करिव ८२०० करोड भारतीय रुपैयाँको ऋण छ । कम्पनीको संकटबाट बाहिर निकाल्नको लागि गोयल आफ्नो हिस्साको २२ प्रतिशत कम गर्न तयार भएको छ । 

१४ फेब्रुअरीको जेट एयरवेजको बोर्ड बैंकको तर्फबाट प्रस्तुर समाधानका योजनाहरुमा कम्पनीले मन्जुरी दिईरहेको पनि बताइएको छ । 

त्यसैगरी समस्याबाट गुज्रिरहेको जेट एयरवेजको पाइलट संघले यदी जेटले ३१ मार्चसम्म कम्पनीलाई बचाउने कुनै योजना पेश गरेन भने हड्ताल गर्ने धम्की पनि दिइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप