शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंकको सेयर बिक्री खुला

बिहीबार, ०७ चैत २०७५, १० : ५३
बिहीबार, ०७ चैत २०७५

काठमाडौं–सानिमा बैंकको संस्थापक सेयरको बिक्रि खुला भएको छ । २७ लाख १८ हजार ८ सय ३५ कित्ता सेयर सर्वसाधारणका लागि आज देखि (चैत ७) बिक्रि खुला भएको हो । 

यस सेयरका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन बिक्रि प्रबन्धक सानिमा क्यापिटल नारायणचौर नक्सालमा आइपुग्ने गरी प्रतिकित्ता कति दरमा लिन चाहेकोे हो सोको मूल्य खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । आवेदन फारम ५०० रुपैयाँ तिरेपछि सानिमा क्यापिटलमा पाइनेछ । आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि दिनुपर्नेछ । अधिकतम भने सबै खरिद गर्न पनि सकिनेछ । सेयरको न्युनतम मूल्य १८० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८.२४ प्रतिशतले नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०४ पैसा छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप