बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साबाट एक किलो अफिमसहित मियाँ पक्राउ

बुधबार, ०६ चैत २०७५, १९ : ३६
बुधबार, ०६ चैत २०७५

पर्सा । जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित आज एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् । 

वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप