शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इँटा प्रहार गरि ७० वर्षीय बृद्धको हत्या

बुधबार, ०६ चैत २०७५, १८ : ०८
बुधबार, ०६ चैत २०७५

बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा एक बृद्धको हत्या गरिएको छ । स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

हत्या भएका यादवको टाउको र अनुहारमा इँटा प्रहार गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनास्थलमा आर्थिक लेनदेनसम्बन्धी लेखिएको एउटा कागज फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप