शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

बुधबार, ०६ चैत २०७५, १५ : ३४
बुधबार, ०६ चैत २०७५

धादिङ– होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो । 

दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप