शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा मनाए प्रदीप र जसिताले होली

बुधबार, ०६ चैत २०७५, १५ : २४
बुधबार, ०६ चैत २०७५

काठमाडौं– अभिनेत्र प्रदीप खड्का र अभिनेत्री नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिमसहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइ दिएर होली मनाएका हुन् । 

मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमले आज पोखरा लेकसाइडमा दर्शकसँग होली विशेष कार्यक्रम पनि राखेको छ । उनीहरु कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन्  ।

पोखरामा प्रदीप र जसितासँगै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाही पनि सँगै छन् । एकविहानै तालवराही मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने विश्वास राखे ।
‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भने । 

यस्तै अभिनेत्री जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् ।

चलचित्रका प्रस्तुतकर्ता गोविन्दले विशेषगरी पोखरालाई माया गर्नेहरुको स्टेशन को रुपमा पनि चिनिने भएकाले पनि लभ स्टेशन पोखराका दर्शकका लागि अझ विशेष रहनेमा विश्वास राखे । ‘हाम्रो मोफसलको यात्रा पोखराबाट गरेका छौं, आजको होली पनि पोखराका दर्शकसँग खेलेका छौं र अझै केहीबेर रहन्छौं’ गोविन्दले भने । 

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो ।

उज्जवल घिमिरे निर्देशित यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल,दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप