युथ क्रियसनको एकसाथ दुई सौन्दर्य प्रतियोगिता घोषणा
काठमाडौं– ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्ट मोडल अफ द इयर २०१९’ नामक दुई सौदर्य प्रतियोगिता आयोजना हुने भएको छ । युथ क्रियसन नेपालले मंगलवार राजधानीमा एक कार्यक्रमका वीच प्रतियोगिता घोषणा गरेको हो ।
मोडलिङ क्षेत्र रोज्न चाहने युवायुवतीको मार्ग निर्देशन गर्दै उचित प्रशिक्षण र ग्रुमिङ कक्षासहित तयार हुने उदेश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए । उनले भने ‘अन्य सौदर्य प्रतियोगिताभन्दा भिन्न तरिकाले यसमा प्रतिभाको मूल्याङ्कन गरिनेछ ।’
कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले सौदर्य प्रतियोगिता केही भिन्न देखेकोले आफु जोडिएको बताए । अन्तर्राष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने सुनाए ।
कार्यक्रममा प्रतियोगिताको आवेदन समेत खुल्ला गरिएको जानकारी दिइयो । १६ देखि ३० बर्षसम्मका जुनै समुदायका युवायुवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका लागि एसएलसी र न्युनतम ५ फिट उचाई योग्यता तोकिएको छ ।
‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’ का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नुपर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुनेछ । त्यस्तै ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’ का लागि २२ चैत्रसम्म आवदेन दिनसकिने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा आयोजकले जानकारी दियो ।
आवेदन फर्म एवान क्याफे नयाँबजार, फुलवारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल विनायक , श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ ।
अडिसनबाट छानिएका प्रतियोगितालाई व्यक्तित्व विकास, रनवे मोडलिङ, फेसन लगायतका विभिन्न प्रशिक्षणसहित आगामी जेठ ३ गते होटल मल्ल लैनचौरमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।
दुवै प्रतियोगिताका शीर्ष विजेता, फष्ट तथा सेकेन्ड रनर अपले बिर्ष उपाधिका साथमा सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने कार्यक्रमका संयोजक सहदेव वैद्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु