बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेका पूर्वएसपी विष्ट हिरासतमा

मङ्गलबार, ०५ चैत २०७५, २२ : ३९
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि गृह मन्त्रालयको बर्खास्तीमा परेका  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ।    अदालतले पक्राउ पुर्जी काटेपछि उनी  मंगलबार अदालतमा हाजिर भएका थिए । 

उनीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि विष्टलाई प्रहरी हिरासतमा राखिएको हो । 

विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । 
विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू  अदालतमा प्रमाणसहित हाजिर भएको मंगलबार बिहान रातोपाटीलाई प्रतिक्रिया दिए । 
यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो । 

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको थियो । 

अदालतले डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको थियो ।

यस्तै  प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको थियो । 

तत्कालीन एसपी  विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । यही अभियोगअनुसार उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको हो । 

सरकारले विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

२०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप