शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट वैशाख २वाट

मङ्गलबार, ०५ चैत २०७५, १६ : ५५
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं– दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट यही वैशाख २ गतेबाट संचालन हुने भएको छ । आइएमई ग्रुपले पत्रकार सम्मलेलन गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेको जनाएको छ । 

यसपटक आइएमई फाउन्डेसनद्वारा २०७६ साल वैशाख २ गतेदेखि ७ गतेसम्म ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्न लागिएको कम्पनीले जनाएको हो । 

कूल ३ लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिस्पर्धीहरूले सहभागिता जनाउन सक्नेछन् ।

पत्रकार सम्मेलनमा फाउन्डेसनका सदस्य राजु पौडेलले खेल क्षेत्रको विकासमा सहयोग पु¥याउने एवम् बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।

त्यसैगरी, जुनियर टेनिस एसोसिएसन (जेटीआई)का तर्फबाट कृष्णराज घलेले आइएमई जस्तो सफल व्यवासायिक घरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति खुसी व्यक्त गरे । उनले बच्चाहरुको बृद्वी विकासका लागि १२ वर्षदेखि कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यसरीनै सवैको साथ र सहयोग पाएमा खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

प्रतियोगिताको आवेदन फारम चैत ०५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मन्डिखाटार टेनिस कोर्ट, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने छ ।

आवेदन फारम माथि उल्लेखित स्थानका अतिरिक्त आइएमई फाउन्डेसनको आधिकारिक वेभ पेज धधध।ष्mभायगलमबतष्यल।यचन मा उपलब्ध हुने पनि आईएमईले जनाएको छ । 

आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप